पानीबिनाको खोली तीर धाउनूको के मजा? - pharaksandesh.com

मुख्य समाचार


Friday, 19 July 2019

पानीबिनाको खोली तीर धाउनूको के मजा?

मन्जुकिरण
पानीबिनाको खोली तीर धाउनूको के मजा ?
आशुको भेलमा डुवी डुंगा  खियाउनूको के मजा 

मेरो बाटो कूरि बस्थेउ ढीलो गरी म आऊँदा
फेरी पनि त्यै बाटो पछ्याउनुको के मजा 

भुलेर मलाई तिमीले अरुलाई मनमा राखीछौ
तिमिलाई नै नयनमा अब सजाउनुको के मजा 

पराईकी भएउ तिमी अर्कैको नामथर जोडी 
तिमि नै मेरी हौ भनि जताउनूको के मजा 

जान्दा जान्दै हुने छैनौ कसैगरी तिमी मेरी
बेअर्थमा आफ्नै टाउको फूटाउनूको के मजा 


मन्जुकिरण
हाल जापान

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.