क्योएनिमा भएको आगजनीप्रति प्रधानमन्त्रीद्वारा समवेदना - pharaksandesh.com

मुख्य समाचार


Friday, 19 July 2019

क्योएनिमा भएको आगजनीप्रति प्रधानमन्त्रीद्वारा समवेदना

काठमाडौँ, ३ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले जापानको क्योटोस्थित एनिमेशन स्टुुडियो क्योएनिमा भएको आगजनीमा निर्दोष नागरिक मारिएकामा गहिरो दुःख व्यक्त गर्नुभएको छ । 

जापानका प्रधानमन्त्री सिन्जो आबेलाई आज एक शोक सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले मृतकका परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । साथै उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुुभएको छ । 

कला र सृजनाको लोकप्रियस्थल क्योएनिमा भएको अमानवीय आक्रमणबाट आफू स्तब्ध एवं चकित भएको उल्लेख गर्दै सन्देशमा प्रधानमन्त्री ओलीले दोषीलाई कानूनको कठघरामा उभ्याइनेमा आफू विश्वस्त रहेको बताउनुुभएको छ । क्योएनिमा बिहीबार बिहान भएको आगजनीमा परी ३३ जनाको मृत्युुु हुुनुका साथै ३६ जना घाइते भएका थिए ।(रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.