काठमाडौँ : काल झैं स्वरका धनी उदित नारायण झाको स्वरमा ‘होसमा बेहोसी’ बोलको गीत सार्वजनिक भएको छ। सत्याकृत ब्याण्डको निर्माणमा बनेको उक्त भिडियो आत्मरञ्जन नामक युटुब च्यानलमा रिलिज गरिएको छ ।
नेपाली दर्शकको मन मुटुमा बस्न सफल गायक झाले लामो समयको अन्तरालपछि सत्याकृत ब्यण्डको प्रस्तुतिमा ‘होशमा बेहोशि’ बोलको गीतमा आवाज भरेका हुन् ।
गीतको म्युजिक भिडियो, रेकर्डिङ ,मिक्सिङ, आदि सम्पूर्ण कार्य मुम्बईमै गरिएको हो । विजय गौतमको शब्द तथा संगीत रहेको उक्त गीतमा संगीत संयोजन गोपाल रसाईलिको रहेको छ ।
गीतको म्यूजिक भिडियो निर्देशन/सम्पादन पनि स्वयम् गौतमले नै गरेका हुन् ।
हेर्नुहोस् भिडियो :
No comments:
Post a Comment