एक घण्टाको अन्तरमा श्रीमान-श्रीमतीको मृत्यु, एउटै चितामा दाहसंस्कार - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 17 July 2019

एक घण्टाको अन्तरमा श्रीमान-श्रीमतीको मृत्यु, एउटै चितामा दाहसंस्कार

धरान, १ साउन : इटहरी उपमहानगरकाे वडा नम्बर १३ स्थित खनारमा श्रीमान श्रीमतीकाे मृत्यु एक घण्टाको अन्तरमा भएको छ।  मङ्गलबार ७८ वर्षीया नर्बदा भट्टराईको  साँझ पौने ७ बजे मृत्यु भएको थियो ।

उनको मृत्युको शोकमा परेका उनका पति ८६ वर्षीय टीकाप्रसाद भट्टराईको पनि एक घण्टापछि हृदयघात कारण मृत्यु भएको आफन्तले बताएका छन ।

संगै जिउने मर्ने बाचा गरेर बिबाह बन्धनमा बाधिएका जाेडीकाे यसरी संगै भएकाे मृत्युलाई स्थानियहरूले प्रेमकाे प्रतिफल बताएका छन्।

स्थानीयले खनारदेखि दुवै शवलाई  नगर परिक्रममा गराउँदै इटहरी–४ स्थित बुढीखोलामा बुधबार एउटै चितामा दाहसंस्कार गरेका छन् ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.