‘आज नगद भोलि उधारो’ सार्वजनिक (भिडियोसहित) - pharaksandesh.com

मुख्य समाचार


Sunday, 14 July 2019

‘आज नगद भोलि उधारो’ सार्वजनिक (भिडियोसहित)

काठमाडौँ, २९ असार : चलचित्र ‘हजार जुनीसम्म’को गीत ‘आज नगद भोलि उधारो’ सार्वजनिक भएको छ । 

भाद्र ६ गतेदेखि देशभरका सिनेमाघरमा आउँने तय भएको चलचित्र गीतमा पछिल्लो समयकी चर्चित निर्देशक दीपाश्री निरौला, आर्यन सिग्देल र शिवहरी पौडेलको अभिनय रहेको छ ।

तीन फिल्म ब्याक टू ब्याक ब्लकबस्टर दिएकी निर्देशक दीपाश्री आइटम नृत्य गर्दै गरेको देखिएकी छन् ।गीतमा दीपाले ‘भट्टीको साहुनी’को रुपमा प्रस्तुत भएकी छिन् । यो गीतमा उनको नाम ‘शर्मिला’ राखिएको छ ।

गीतमा नायिका स्वस्तिमा खड्का, नवनायक अखिलेस प्रधान, कलाकार रामचन्द्र अधिकारी, उत्तम केसी, श्याम बराललगायतलाई पनि देख्न सकिन्छ । कविराज गहतराजले कोरियोग्राफी रहेको गीतलाई पुरुषोत्तम प्रधानले छायाँकन गरेका हुन् ।

‘आज नगद भोली उधारो’ बोलको गीतमा एक नारायण भण्डारीको शब्द, बसन्त सापकोटाको सङ्गीत तथा प्रल्हाद तिमिल्सिना, मिना निरौला र दीपाश्रीको स्वर रहेको छ । 

निर्देशक विकासराज आचार्यको निर्देशन रहेको यो चलचित्रको पटकथा सामिप्यराज तिमल्सेनाले तयार पारेका हुन् । चलचित्रमा आर्यन सिग्देल, प्रियंका कार्की, सञ्चिता लुइँटेल, स्वस्तिमा खड्का, सलोन बस्नेत, शिवहरि पौडेल, अनुभव रेग्मी र अखिलेष प्रधानको अभिनय छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.