बस र पिकअप आपसमा ठोक्किदा २ जनाको मृत्यु, ३० घाइते - pharaksandesh.com

मुख्य समाचार


Thursday, 18 July 2019

बस र पिकअप आपसमा ठोक्किदा २ जनाको मृत्यु, ३० घाइते

पथरी, २ साउन : पथरीशनिश्चरे-१० मा बस र पिकअप आपसमा ठोक्किदा २ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका छन् ।

मृत्यु हुनेमा बसका सहचालक मोरङकै कानेपोखरी गाउँपालिका–३ का ३१ वर्षीय टीकाराम थापा र बसमा सवार नामथर वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष रहेका छन् । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ ख ४८४२ नम्बरको बसले विपरीत दिशाबाट जाँदै गरेको मे १ च ५३९१ नम्बरको पिकअपलाई ठक्कर दिँदा बस अनियन्त्रित भई दुर्घटना भएको थियो ।

वतन नखुलेको पुरुष घटनास्थलमा नै मृत्यु भएको थियो भने बसका सह–चालकको नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक लक्ष्मीराज अधिकारीले जानकारी दिनुभयो । दुर्घटनाका घाइते पाँच जनाको न्यूरो अस्पताल विराटनगरमा, आठ जनाको मोरङ डाइनेष्टिक अस्पताल पथरीमा र छ जनाको पथरी अस्पताल पथरीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते ३ जनालाई थप उपचारका लागि विराटनगरको नोबेल अस्पताल लगिएको र अन्यको पथरीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.