बन्द भयो जनतासँग प्रधानमन्त्री कार्यक्रम - pharaksandesh.com

मुख्य समाचार


Thursday, 18 July 2019

बन्द भयो जनतासँग प्रधानमन्त्री कार्यक्रम

काठमाडौँ, २ साउन : एक वर्षदेखि प्रशारण भइरहेको ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रम बन्द भएको छ । अघिल्लो वर्ष साउन २ गतेदेखि प्रसारणमा आएको यो कार्यक्रम बुधबारदेखि बन्द भएको हो ।

होटल सोल्टीमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रस्तोता मनोज पाण्डेले यो कार्यक्रम समापन गरेको घोषणा गर्नुभयो । यस्तै उहाँले प्रधानमन्त्रीको आडियो भिडियो विज्ञ पदबाट समेत राजीनामा दिएको बताउनुभयो । 

प्रधानमन्त्री कार्यालयले एक वर्षका लागि प्रतिस्पर्धा नगराइ पाण्डेको संस्था कथा नेपाललाई  कार्यक्रम चलाउने जिम्मेवारी सुम्पेको थियो ।

सरकारका उपलब्धि जनतामाझ पु¥याउन सहज : प्रम ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘जनतासँग प्रधानमन्त्री कार्यक्रम’बाट सरकारले गरेका काम जनतासमक्ष पु¥याउन सहज भएको बताउनुभएको छ । 

‘जनतासँग प्रधानमन्त्री कार्यक्रम’ एक वर्ष पुगेका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले यस कार्यक्रममार्फत देशको आकाङ्क्षा, सरकारका उपलब्धि र प्रतिफल जनतासँग पु¥याउन सहज भएको बताउनुभयो ।

“यस कार्यक्रममार्फत देशको अवस्था, सरकारका उपलब्धि, सडक यातायातको चर्चा, राष्ट्रिय आकाङ्क्षा पुरा गर्ने दृष्टिकोण प्रस्तुत गरेका छौँ”, प्रधानमन्त्री ओलीले भन्नुभयो । 

उक्त कार्यक्रम हरेक बुधबार राति ९ देखि १० बजेसम्म नेपाल टेलिभिजनबाट एक वर्षसम्ममा ५० अङ्क प्रसारण भएको थियो । कार्यक्रममा प्रधानमन्त्री ओलीले जनतासँग प्रधानमन्त्री पुस्तकको पनि विमोचन गर्नुभएको थियो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.