अमेरिकामा भीषण वर्षापछिको बाढीले हजारौं प्रभावित - pharaksandesh.com

मुख्य समाचार


Sunday, 14 July 2019

अमेरिकामा भीषण वर्षापछिको बाढीले हजारौं प्रभावित

वाशिंटन डीसी, २९ असार : अमेरिकाको पूर्वी क्षेत्रमा आएको आँधीपछिको बाढी र पहिरोमा दशौं हजार प्रभावित भएका छन् ।

शनीबार बेरी नाम गरेको आँधीले लुइजियाना राज्यका विभिन्न स्थानमा बाढी र पहिरो गएको अमेरिकी अधिकारीले जनाएका छन् ।

अमेरिकी आँधी पूर्वसूचना केन्द्रका अनुसार आँधीपछिको भारी वर्षाका कारण जनजीवन नराम्ररी प्रभावित भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

त्यस्तै, भौतिक पूर्वाधारमा क्षति पुगेको र विद्युत यातायात र सञ्चार सेवा अवरुद्ध भएको बताइएको छ । अधिकारीले प्रभावितको उद्धार र राहत कार्यलाई तीब्र पारेको जनाएका छन् ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.