अष्ट्रेलियामा ६.९ म्याग्निच्युडको भूकम्प - pharaksandesh.com

मुख्य समाचार


Sunday, 14 July 2019

अष्ट्रेलियामा ६.९ म्याग्निच्युडको भूकम्प

सिड्नी, २९ असार : अष्ट्रेलियामा ६.९ म्याग्निच्युडको भूकम्प गएको छ । पश्चिमी अष्ट्रेलियाको ब्रुम शहरबाट २०६ किलोमिटर टाढा ३३ किलोमिटरको गहिराईलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।

पश्चिमी अष्ट्रेलियाको राजधानी पर्थसम्म कम्पन महशुस गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । भूकम्पले केही भवन हल्लाएको र पसलमा राखिएको सामान खसेपनि मानवीय क्षतिबारे भने केही विवरण सार्वजनिक भइसकेको छैन । अष्ट्रेलियन अधिकारीका अनुसार पश्चिम अष्ट्रेलियामा निकै दुर्लभ रुपमा मात्र भूकम्प जाने गरेको छ ।

त्यस क्षेत्रमा हरेक २० वर्षमा मात्र भूकम्प जाने गरेको बताइन्छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.