आईसीसी विश्वकप फाइनल: इंग्ल्याण्ड की न्यूजिल्याण्ड ? कसले बाजी मर्ला ? - pharaksandesh.com

मुख्य समाचार


Sunday, 14 July 2019

आईसीसी विश्वकप फाइनल: इंग्ल्याण्ड की न्यूजिल्याण्ड ? कसले बाजी मर्ला ?

काठमाडौँ, २९ असार : आईसीसी विश्वकप क्रिकेट २०१९ को फाइनलमा न्यूजिल्याण्डले टस जितेर इंग्ल्याण्डविरुद्ध पहिला ब्याटिङ गर्दैछ । 

लण्डनको लर्ड्स मैदानमा हुँदै गरेकाे फाइनल खेलमा एक दिवसीय विश्वकप क्रिकेटले नयाँ विजेता पाउनेछ । आजको खेलमा कुनै पनि टिमले आफ्ना खेलाडीमा परिवर्तन गरेका छैनन् । 

सन् २०१९ को विश्वकप क्रिकेट अन्तर्गत भएका चार खेलमा पहिला ब्याटिङ गर्ने टिमले नै जितेका छन् । जसअन्तर्गत पाकिस्तानले दक्षिण अफ्रिकालाई पहिला ब्याटिङ गर्दै ४९ रनले हराएको थियो । 

त्यस्तै अष्ट्रेलियाले इंग्ल्याण्डलाई ६४ रन, अष्ट्रेलियाले न्यूजिल्याण्डलाई ८६ रन र पाकिस्तानले बंगलादेशलाई पहिला ब्याटिङ गर्दै ९४ रनले हराएको थियो । 

सन् २०१५ को विश्वकपपछि आईसीसी प्रतियोगितामा इंग्ल्याण्ड र न्यूजिल्याण्डले तीन पटक प्रतिस्पर्धा गरेका छन्, जसमा तीन पटक नै इंग्ल्याण्डले बाजी मारेको छ । 

सन् २०१६ को टी–२० विश्वकपमा इंग्ल्याण्ड सात विकेटले विजयी भएको थियो । सन् २०१७ को च्याम्पियन्स ट्रफीमा इंग्ल्याण्ड ८७ रनले विजयी भएको थियो । त्यस्तै सन् २०१९ को विश्वकपको लिग चरणको खेलमा पनि इंग्ल्याण्ड ११९ रनले विजयी भएको थियो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.