काठमाडौँ, २ साउन : हराएको २५ दिनपछि पोखरा–१५, कान्तिपुरचोककी लक्ष्मी परियारको कंकाल फेला पर्यो । श्रमती हराएको निवेदन दिएर खोजिदिन अनुनय गर्दै पटक–पटक प्रहरी कार्यालय धाएका श्रीमान रमेश नेपालीले पुम्दीभुम्दीको वनमा कंकाल देखाएका थिए ।
सालीको मायामा परेका रमेशले पत्नीलाई पन्छाउन हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ। एक वर्षदेखि साली अनु परियारसँग माया बढ्दै गएपछि यो जघन्य अपराध गरेको खुलेको छ।
साली अनुले आफूसँग सम्बन्ध राखिराख्ने भए दिदीलाई पन्छाउनु भनेपछि रमेशले साथीहरुको सहयोगमा भारतीय नागरिक लगाएर हत्या गरेको जिल्ला प्रहरी कार्यालय कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिनुभयो।
रमेश पोखरा रामबजारमा रहेको भारतीय पेन्सन क्याम्पनजिकै मोबाइल पसल चलाउँथे । ८ वर्षीया छोरी र ४ वर्षीय छोरासँग २७ वर्षीय लक्ष्मी घरमै बस्थिन् । श्रीमानलाई हरेक बिहान पसलमै खाना पुर्याउँथिन् । उनलाई छालाको एलर्जी थियो । अनेक उपचार गर्दा पनि निको भएको थिएन ।
केही समयदेखि रमेशको हिमचिम लक्ष्मीको मामाकी छोरी अनु परियारसँग रहेको पत्ता लाग्यो । अनुसँगको सम्बन्धबारे वर्षदिन अघि लक्ष्मीले चाल पाएपछि त्यसैमा घरझगडा भएको बयान माइती पक्षले बयान दिए ।

No comments:
Post a Comment