विज्ञापन खारेज गर्न दबाब दिँदै परीक्षाको अघिल्लो दिन लोक सेवाको कार्यालय अगाडि विरोध प्रदर्शन - pharaksandesh.com

मुख्य समाचार


Thursday, 18 July 2019

विज्ञापन खारेज गर्न दबाब दिँदै परीक्षाको अघिल्लो दिन लोक सेवाको कार्यालय अगाडि विरोध प्रदर्शन

काठमाडौँ, २ साउन : लोकसेवा आयोगले गरेको विज्ञापन समावेशी र समानुपातिक नभएको भन्दै लोक सेवा आयोगको केन्द्रीय कार्यालय अगाडि प्रदर्शन भएको छ ।

स्थानीय तहका लागि भन्दै गत असारमा लोक सेवाले ९ हजार १ सय ३२ पदका लागि आवेदन माग गरेको थियो जसको परीक्षा साउन ३ (भोलि) बाट शुरु हुँदैछ । आयोगको विज्ञापन समावेशी र समानुपातिक नभएको भन्दै  आन्दोलनरत आदिवासी, जनजाति, महिला, दलितलगायतका समुदायले विभिन्न संघ संस्थाले विरोध गर्दै आएका छन् ।

त्यसै क्रममा उनीहरुले परीक्षाको पूर्वसन्ध्यामा आयोगको केन्द्रीय कार्यालय अगाडि विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका कारण केहीबेर अनामनगरको बाटो अवरुद्धसमेत भएको थियो । प्रदर्शनकारीलाई प्रहरीले सामान्य वल प्रयोग गरी हटाएको थियो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.