फरार लुटेरा पक्राउ - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 23 July 2019

फरार लुटेरा पक्राउ

रुकुमपूर्व, ७ साउन : आमाछोरीलाई लुटपाट गरी फरार भएका दुई जनालाई प्रहरीले एक महीनापछि काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुथा उत्तरगङ्गा गाउँपालिका–१ मैकोटका २७ वर्षीय अमर पुन र उदयपुरको रौता–७ ख्याटुङका २० वर्षीय लक्ष्मण मगर रहेका छन् । 

दुवै जनालाई काठमाडौँको तारकेश्वरबाट पक्राउ गरिएको हो । उनीहरुलाई आज यहाँ पत्रकार सम्मेलन गरी सार्वजनिक गरियो । रुकुमपूर्वका प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काका अनुसार उनीहरुको साथबाट तीन थान मोबाइल, कानको सुनको जुली तथा स्काई, एनसेल र नेपाल टेलिकमका सिमकार्ड बरामद गरिएको छ । 

पुन र मगरले पुथा उत्तरगङ्गा गाउँपालिका–१ मैकोटकी जुनकुमारी पुन र उहाँकी छोरी रश्मीलाई गत जेठ ३२ गते कुटपिट गरी घाइते बनाउनुका साथै उनीहरुको साथमा रहेको रु एक लाख पाँच हजार, आधा तोला सुन, पाँच तोला चाँदी र मोबाइल लुटेका थिए । आमाछोरी यार्सागुम्बा सङ्कलन गरी घर फर्कँदै थिए । गम्भीर घाइते दुवैलाई गत असार १ गते नेपाली सेनाको हेलिकप्टरमा काठमाडौँ लगिएको थियो । पीडितको बयानका आधारमा लुटेरालाई पक्राउ गर्न सफल भएको खड्काले बताउनुभयो । उनीहरु विरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता गरिएको छ ।(रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.