पुष्पलालको शालिक अनावरण - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 23 July 2019

पुष्पलालको शालिक अनावरण

खोटाङ, ७ साउन :  नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको शालिक आज दिक्तेलस्थित भवनगैरामा अनावरण गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कार्यालय अगाडि स्थापना गरिएको शालिक स्वर्गीय नेता पुष्पलालको ४१ औँ स्मृति दिवसको अवसर पारेर अनावरण गरिएको हो । 

धातुद्वारा निर्मित संस्थापक नेता पुष्पलालको अर्धकद्को शालिक नेकपाका केन्द्रीय सदस्य एवं जिल्ला सह–इन्चार्ज समिता कार्की ‘अस्मिता’ले अनावरण गर्नुभयो । शालिक अनावरणपछि आयोजित कार्यक्रमका वक्ताहरुले संस्थापक नेता पुष्पलालले देखाएको बाटोमा सबै एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवम् जिल्ला सहइन्चार्ज दुर्गाजयन्ती राई, प्रदेश सदस्य सुरेश राई, जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजाल, नेपाली काङ्ग्रेस खोटाङका सदस्य डिल्लीकुमारी आचार्य, संयुक्त ट्रेड युनियन खोटाङका अध्यक्ष ध्रुवकुमार कार्कीलगायतले बोल्नुभएको थियो ।(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.