नक्कली सुन देखाई ठगी गर्ने पाँच पक्राउ - pharaksandesh.com

मुख्य समाचार


Monday, 8 July 2019

नक्कली सुन देखाई ठगी गर्ने पाँच पक्राउ

काठमाडौँ, २३ असार : महानगरीय अपराध महाशाखाले नक्कली सुन देखाई ठगी गर्ने पाँच व्यक्तिलाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले बौद्ध क्षेत्रमा अवैध सुन देखाई ठगी गर्ने चितवनकी टिनु घिमिरे पन्त, काठमाडौँकी सुस्मिता आचार्य, सिन्धुपाल्चोकका जीवन सुनार, सुनसरीका जीवन धामी चौधरी र गोरखाका जाम्बु लामालाई आज पक्राउ गरेको हो । 

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले नक्कली सुनलाई सक्कली भनी ठगी गरेकाले बिस्कुट आकारको नक्कली सुनसहित पक्राउ गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार बौद्धको पिपलबोटस्थित एमएस ज्वेलर्समा सुन राखिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको थियो ।(रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.