बनेपामा सिरिञ्ज आक्रमणको आशंकामा एक जना पक्राउ - pharaksandesh.com

मुख्य समाचार


Monday, 8 July 2019

बनेपामा सिरिञ्ज आक्रमणको आशंकामा एक जना पक्राउ

बनेपा, २३ असार : बनेपामा सिरिञ्ज आक्रमणको आशंकामा प्रहरीले एक जना पक्राउ गरेको छ ।

सिरिञ्ज आक्रमणको आशंकामा खगेन्द्र पाठकलाई प्रहरीले पक्राउ गरेको काभ्रे प्रहरी प्रमुख प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिनुभयो । पीडितको बयानका आधारमा पाठक पक्राउ परेका हुन् ।

सोमबार बिहान बसमा यात्रा गरिरहेकी एक महिलाले आफूमाथि सिरिञ्ज आक्रमण भएको बताउनु भएको थियो । महिलामाथि सिरिञ्ज आक्रमण भएपछि पाठकलाई स्थानीयले नियन्त्रणमा लिएका थिए । 

स्थानीयले पाठकलाई कुटपिट गर्न खोजेपछि प्रहरीले उद्धार गरेर तीनदोबाटोस्थित इलाका प्रहरी कार्यालय लगेको छ । बनेपाको चारदोबाटोमा पक्राउ गरिएका पाठकलाई अहिले इलाका प्रहरी कार्यालय बनेपामा राखिएको छ । पाठकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख सापकोटाले जानकारी दिनुभयो ।

स्थानीयले पाठकलाई राखिएको इलाका प्रहरी कार्यालय बनेपा घेराउ गरेका छन् । पाठकले भने आफूले सिरिञ्ज आक्रमण नगरेको बताएको प्रहरीको भनाइ छ । पीडित महिलालाई भने उपचारका लागि शिर मेमोरियल अस्पताल लगिएको छ । 

पाठक स्याङ्जामा शिक्षण पेशामा आवद्ध भएकोसमेत खुलेको छ। उनी स्याङ्जाको वालिङ नगरपालिका-१३ सरस्वती माध्यमिक विद्यालयका शिक्षक हुन्।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.