घुस लिएको अभियोगमा डिएफओ पक्राउ - pharaksandesh.com

मुख्य समाचार


Friday, 12 July 2019

घुस लिएको अभियोगमा डिएफओ पक्राउ

सुर्खेत, २७ असार : डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख रु चार लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीले डिभिजन वन प्रमुख भक्तबहादुर लामालाई आज कार्यकक्षबाटै रङ्गेहात पक्राउ गरेको हो ।

आयोगको सुर्खेत कार्यालयका प्रवक्ता मेघनाथ सापकोटाले सेवाग्राहीबाट रु चार लाख घुस लिइरहेको अवस्थामा पक्राउ गरेको जानकारी दिनुभयो ।(रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.