बर्षातको समयमा सरुवा रोगहरुको संक्रमणबाट कसरी बच्ने ? यस्तो छ उपाय - pharaksandesh.com

मुख्य समाचार


Thursday, 18 July 2019

बर्षातको समयमा सरुवा रोगहरुको संक्रमणबाट कसरी बच्ने ? यस्तो छ उपाय

बर्षात मौसमको सरुवात सँगै सरुवा रोगहरुको संक्रमण बढी हुने गर्छ । त्यसैले खानपानमा विशेष सर्तकता अपनाउनु पर्ने हुन्छ । खानपानको कारणले बर्षाको समयमा निकै स्वास्थ्यमा समास्याहरु देखा पर्ने गर्दछ । वर्षाको कारण हिलो, फोहोर हुने, खानेकुरा चाँडै सड्ने, गल्ने हुन्छ । सबैतिर ओसिलो हुने भएकाले व्याक्टेरिया बढि कृयाशिल हुने गरेको पाइन्छ । त्यसैले सागसब्जीको माध्यमबाट समेत त्यस्तो व्याक्टेरिया फैलने धेरै सम्भावना हुने गर्दछ । 

बर्षातको समयमा देखा पर्ने सक्ने प्रमुख समस्याहरु
झाडा पखला
वर्षाको मौसमा झाडा पखला फैलने धेरै सम्भावना हुन्छ, जो जीवाणुको संक्रमणको कारण हुनसक्छ । खासगरी प्रदूषित पानी र खाद्य पदार्थको कारण यस्तो रोग फैलन्छ । त्यसैले बर्षातमा घर वाहिरको खानेकुरा, फुटपाथको खानेकुरा सेवन गर्नु हुँदैन । बासी, सडे गलेको खानेकुरा सेवन गर्नु हुँदैन । पानी राम्ररी उमालेर मात्र पिउनुपर्छ ।

प्रमुख लक्षणहरू 
  • दिसामा नपचेको खानाका टुक्रा आउने, 
  • दिसा धेरै गन्हाउने, 
  • पेट गड्याङगुडुङ गर्ने र दुख्ने, 
  • हातखुट्टा र मांसपेशी दुख्ने, 
  • बाउँडिने र गल्ने, 
  • बच्चा होभने झर्को मान्ने, 
  • तिर्खा बढी लाग्ने, 
  • रिंगटा लाग्ने, 
  • कमजोरीको महसुस हुने, 
  • मुख सुख्खा र फोहोरी हुने, 
  • आँखा गाडिने, 
  • पिसाब कम हुने, 
  • रुँदा आँसु नै नआउने, 
  • बच्चाहरूमा आँखा सुख्खा हुन्छ, 
  • शरीर चिसो हुन्छ ।
  • पेटको छाला तन्काएर छोड्दा मुजा परिराख्ने समस्या हुन्छ ।
  • नाडीको गति कम, मन्द र पत्ता लगाउन गाह्रो हुने, 
  • रक्तचाप कम,
  • श्वासप्रश्वास तीव्र र आलस्य हुने

हैजा
भिब्रियो कोलेरा नामक जीवाणुको कारण फैलने यो रोग दूषित भोजन वा पेय पदार्थको कारण हुन्छ । पेट दुख्नुका साथै वान्ता, झाडा पखला लाग्न सक्छ । अन्य झाडापखालाझैँ हैजा हुँदा पनि पातलो दिसा र बान्ता हुन्छ । तर हैजा लागेको व्यक्तिले तारन्तार पातलो चौलानी पानीजस्तो दिसा गर्ने र वमन गर्ने चिकित्सकहरूको भनाइ छ।यसले शरीरमा पानीको मात्रा कम हुन्छ । मिनरल्सको मात्रा कम हुन्छ । त्यसैले रोगी एकदमै कमजोर हुन्छन् । यसबाट बच्नका लागि पनि खानपानमा ध्यान दिनुपर्छ ।

प्रमुख लक्षणहरू
  • जलवियोजनका कारण मांसपेसी बाउँडिने 
  • शरीरमा भएको जलवियोजनका कारण छाला निलो भएर जान सक्छ
हैजाका कारणले लाग्ने पखालाले केही घण्टाभित्रै गम्भीर जलवियोजन तथा इलेक्ट्रोलाइटको असन्तुलन गराउँछ। यसका कारण आँखा गढ्ने, छाला चिसो हुने, छालाको लचकतामा कमी आउने तथा हातगोडा चाउरी परेर जाने पनि हुन सक्छ

कसरी राख्ने स्वास्थ्यको ख्याल ?
बर्षायाममा स्वास्थ्यको ख्याल राख्न विशेषतः खानपानमा ध्यान दिनुपर्छ । यतिबेला सुपाच्य खानेकुरा मात्र सेवन गर्नुपर्छ । झोलयुक्त खानेकुरा बढी उपयोगी हुन्छ ।
– फुटपाथमा बेच्न राखिएको तारेको, भुटेको खानेकुरा जस्तो पकौडा, समोसादेखि पानीपुरी, चटपटे खान हुँदैन ।
– सडेगलेको खानेकुरा, बासी खानेकुरा खान हुँदैन ।
– पानी राम्ररी उमालेर मात्र सेवन गर्नुपर्छ ।
– काटेर बेच्न राखिएको फल वा सब्जी खरिद गर्नु हुँदैन ।
– काउली, बन्दा, सिमी लगायत हरियो साग सब्जी नुन पानीमा केहि समय डुबाएर मात्र सेवन गर्नुपर्छ ।
– तारेको, भुटेको वा मसलेदार खानेकुरा सेवन गर्नु हुँदैन ।
– व्याक्टेरियल इन्फेक्सनबाट बच्नका लागि नीम, मेथी, बेसार, आदि आफ्नो डाइटमा सामेल गर्नुपर्छ ।
–घर, गाउँ र समुदाय सफा राखी लामखुट्टाले फुल पार्नै स्थानहरुलाई नष्ट गर्नुपर्छ ।
–सुत्नेबेला झुलको प्रयोग अनिवार्य रुपमा गर्नुपर्छ ।

डेंगु
डेंगुको ज्वरो पनि लामखुट्टेको टोकाइबाट फैलने रोग हो । यसको संक्रमणबाट पूरै शरीर र जोर्नीमा अधिक पीडा हुन्छ ।सामान्यतया डेङ्गी भाइरसको सङ्क्रमण भएको तीनदेखि चौध दिनपछि यसका लक्षणहरू देखिन थाल्छन् । यसबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट जोगिनु पर्छ । साथै घर बाहिर निस्कनुअघि पूरै शरीर ढाक्ने पहिरन लगाउनु पर्छ ।

प्रमुख लक्षणहरू 
  • ज्वरो आउने,
  • टाउको दुख्ने,
  • बान्ता हुने, 
  • मांसपेसी तथा जोर्नीहरूमा पीडा हुने 
  • छालामा एक प्रकारको रातो दाग देखिने 
मलेरिया 
सामान्य रुपमा औलो भनेर चिनिने मलेरिया एनोफिलिज जातको संक्रमित पोथी लामखुट्टे टोकाइबाट सर्दछ ।जमेको पानीबाट फैलने लामखुट्टेले टोक्दा यस्तो रोग लाग्न सक्छ । प्लामोडियम भाइवेक्स, प्लामोडियम मलेरी, प्लाज्मोडिम ओभेल र प्लाज्मोडिम फास्सिपारम गरी चार जातका परिजीविबाट यो रोग लाग्ने गर्दछ । प्लाज्मेडियम फाल्सीफारम जातको औँलोले मानिसको मस्तिष्कमा समेत आक्रमण गर्न सक्ने हुनाले मानिसको ज्यान जाने जोखिम रहन्छ । एनोफिलिज जातको पोथी लामखुट्टेको स्वस्थ्य मान्छेलाई टोक्दा मलेरियाको परजीवि सर्दछ ।यसबाट बच्नका लागि घर आसपासमा पानी जम्न दिन हुँदैन ।

प्रमुख लक्षणहरू 
  • संक्रमित लामखुट्टेले टोकेको १० देखि १५ दिन सम्म ज्वरो आउनु
  • टाउको दुख्नु, वान्ता हुने, जोर्नी दुख्ने
  • शरीरमा रगतको मात्रा कम हुने
  • शरीरका भित्री अंग सुनिने
  • थकित महसुस हुने

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.