![]() |
| बम बिस्फोटनका घाइतेको उपचार गरिँदै। तस्वीर: दिनेश खबर |
काठमाडौँ, २ साउन : आज साँझ धनगढीको शहिद गेटमा भएको विस्फोटमा परी घाईते भएका पाँचै जनाको परिचय खुलेको छ।
घटनामा निलम होटलका सञ्चालक केशवराज पाण्डे, जितेन्द्र यादव, राम सिंह, मोविन खान र लक्ष्मण सेरेला घाइते छन्। दुई जना घाइतेको अवस्था गम्भीर छ भने अरू तीन जना सामान्य घाइते छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक दक्ष कुमार बस्नेतले घटना स्थलमा शंकास्पद वस्तु फेला परेको जानकारी दिनुभयो ।
उहाँले पेस्तोल फेला परेको कुरा पुष्टि गर्दै सक्कली वा नक्कली के हो भन्ने नखुलेको बताउनुभयो । सुरुमा सिलिण्डर विस्फोट भएको आशंका गरिएपनि घटना स्थलको प्रकृति हेर्दा सिलिण्डर विस्फोट नभएको प्रहरी नायब उपरिक्षक बस्नेतले बताउनुभयो ।

No comments:
Post a Comment