मिस्टर एन्ड मिस पूर्वको उपाधि मोहन र सुप्रियालाई - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 9 July 2019

मिस्टर एन्ड मिस पूर्वको उपाधि मोहन र सुप्रियालाई

दमक, २४ असार : अनुसन्धान मिडिया प्रालिद्वारा आयोजित मिस्टर एन्ड मिस पूर्व २०१९ को उपाधि इटहरीकी सुप्रिया खनाल र मोरङका मोहन गुरागाईले जितेका छन् ।

गत शनिबार दमकको कनकाई रिसोर्टमा सम्पन्न ग्रान्ड फिनालेमा उनीहरुले अन्य १५ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेका हुन् ।

प्रतियोगितामा फस्ट रनरअप बिर्तामोडका दिवस विश्वकर्मा बने भने सेकेन्ड रनरअप मोरङकी सरिता खप्तरी भएकी छन् । 

प्रतियोगितामा सनम खतिवडा, डेबिट आचार्य, दिवस विश्वकर्मा, सुमनिमा कटुवाल, मोहन गुरागाई, सरिता खप्तरी, इशा प्रसाई, सुप्रिया खनाल उत्कृष्ट ८ मा छनोट भएका थिए । 

नेपालको पर्यटनको विकासका लागि के गर्न सकिन्छ भन्ने निर्णायकले गरेको अन्तिम प्रश्नको लिखित उत्तर दिँदै सुप्रिया र मोहनले उपाधि जितेका हुन् । 

मिस्टर पब्लिक च्वाइस दमकका साहिल लिम्बू र मिस पब्लिक च्वाइसको उपाधि इलामकी दिपा थापाले जितेकी छन् ।

मिस पूर्व र मिस्टर पूर्वले नेसनल लेभलको ब्युटी प्याजेन्ट मोडल हन्ट नेपाल र मिस्टर एन्ड मिस टिन नेपालमा सहभागी हुने अवसर प्राप्त गरेको इभेन्ट मेनेजर अनुस किरातीले बताए । उनीहरुले म्युजिक भिडियो, इन्डिया टुर्स, फ्रि स्कलरसिप, मोडलिङ कन्ट्रयाक्ट प्राप्त गरेका छन् । फस्ट रनरअप र सेकेन्ड रनरअपले म्युजिक भिडियो, इन्डिया टुर्स तथा मोडलिङ कन्ट्रयाक्ट प्राप्त गरेको उनले बताए ।

प्रतियोगितामा झापा, इलाम, मोरङ, सुनसरी, धनकुटा लगायत विभिन्न ठाउँबाट १८ जना प्रतिस्पर्धीले सहभागिता जनाएका थिए । 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.