विलासी भोज प्रकरणपछि फ्रान्सेली मन्त्रीद्वारा राजीनामा - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 17 July 2019

विलासी भोज प्रकरणपछि फ्रान्सेली मन्त्रीद्वारा राजीनामा

पेरिस,  १ साउन  : फ्रान्सका वातावरणमन्त्री फ्राँस्वा दे रगीले बिहीबार राजिनामा दिनुभएको छ । 

मन्त्री रगीले सरकारी बजेटको दुरूपयोग, विलासी भोजका लागि अत्यधिक खर्च गरकोलगायतका आरोप लगाइएको छ । 

मन्त्री रगीले भने आफूमाथि लगाइएका उक्त आरोपहरूमा कुनै सत्यता नरहेको भनी खण्डन गर्दै आउनुभएको छ । उहाँले आरोपलाई ‘सञ्चारमाध्यमको आफूमाथिको प्रहार’ भन्नुभएको छ ।

सञ्चारमाध्यममार्फत निरन्तर आफू र परिवारमाथि भएका आक्रमणका कारण आफू पछि हटेको तर आरोप सबै सही नभएको वातावरणमन्त्रीले बताउनुभएको छ ।

“मैले मेरो राजीनामा प्रधानमन्त्रीसमक्ष (मङ्गलबार) बुझाएको छु, ” रगीले भन्नुभयो । उहाँले विदेशमन्त्रालयसमेतको जिम्मेवारी सम्हाल्नुभएको र सरकारमा प्रधानमन्त्री पछिको मर्यादाक्रममा रहनुभएको थियो ।(रासस/एएफपी) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.