बस दुर्घटनामा तीन शिशुसहित १३ इरानीको मृत्यु - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 17 July 2019

बस दुर्घटनामा तीन शिशुसहित १३ इरानीको मृत्यु

तेहरान, १ साउन : इरानको मध्य क्षेत्रमा मङ्गलबार भएको एक सडक दुर्घटनामा परी कम्तीमा तीन बालबालिकासहित १३ इरानीको मृत्यु भएको इरानी प्रहरीलाई उद्धृत गरी राज्य सञ्चालित समाचार संस्था (आईआरएनए) ले जनाएको छ ।

सन् १९७० ताका बनेको मर्सेडिज बेन्ज कम्पनीको मिनीबस आइसाफान प्रान्तको ओरालो सडकमा गुडिरहेका समय चिप्लिएर खोल्सामा खसेको र घटनामा गाडीमा रहेका तीन शिशुसहित १३ जनाको मृत्यु भएको खान्सार शहरका प्रशासक मन्सूर कामालीले बताउनुभयो । 

इरानी सडकहरूको सामान्य राम्रो अवस्थाका वाबजूद पनि सडक दुर्घटनामा धेरै नागरिक गुमाउने मुलुकहरूको सूचीमा इरान रहेको छ । इरानमा हुने सडक दुर्घटनामा पूराना गाडीको प्रयोग तथा दुरावस्थामा रहेका गाडी र चालकको लापर्बाही नै मुख्यरूपमा जिम्मेवार रहने गरेको बताइने गर्छ ।(रासस/एएफपी) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.