हरियाली सामुदायिक वन देशकै उत्कृष्ट वन हुँदै पुरस्कृत - pharaksandesh.com

मुख्य समाचार


Saturday, 20 July 2019

हरियाली सामुदायिक वन देशकै उत्कृष्ट वन हुँदै पुरस्कृत

दमक, ४ साउन : मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर २ मा रहेको हरियाली सामुदायिक वन उपभोक्ता समूह देशकै उत्कृष्ट सामुदायिक वन बनेको छ । वन उपभोक्ता समितिले पत्रकार सम्मलेन गरी पुरस्कारको बारेमा जानकारी गराएको हो । 

वन तथा भूसंरक्षण विभागद्वारा गत असार ३१ गतेका दिन आयोजित एक कार्यक्रमका बीच वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कारबाट सो वनलाई पुरस्कृत गर्नुभएको हो ।

हरियाली सामुदायिक वन उपभोक्ता समूहले देशका २२ हजार सामुदायिक वनलाई पछि पार्दै १ नम्बर प्रदेशमै पहिलो पटक १ लाख रुपैयाँ राशीको गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार प्राप्त गरेको हो ।

उपभोक्ता समितिका अध्यक्ष काबुल मगरले सो वन २ सय ४५ दशमलव ९४ हेक्टरमा फैलिएको र २०७१ पुसमा उपभोक्ता समितिमा हस्तान्तरण भएको बताउनुभयो ।

सो वनले यस अघि पनि गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय सान्त्वना पुरस्कार २०७५, मोरङ जिल्ला वन प्रथम पुरस्कार २०७५, मोरङ जिल्ला वन दोस्रो २०७४ र जिल्ला वन कार्यलयबाट सान्त्वना पुरस्कार २०७३ सालमा हात पारिसकेको छ । कुल १ हजार २८ घरधुरी उपभोक्ता सदस्य रहेको यस वनले गरिबी न्यूनीकरण कार्यक्रमलाई विशेष जोड दिएको छ ।




No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.