धरान, ४ साउन : संवैधानिक आरक्षणको व्यवस्था नगरेको भन्दै विरोध गरिहेका नेपाल आदिवासी जनजाती महासंघका १५ जना नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
समावेशी कोटा कम भएको भन्दै आदिवासी जनजाती महांसघले आज शनिबार प्रदेश १ मा बन्दको आह्वान गरेको थियो ।
इटहरी चौकमा नारावाजी गदैं हिडेका महासंघका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको बताइएको छ । बजार बन्द गर्दै हिडेकाले पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी समीरचन्द्र खरेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार आदिबासी जनजाती महासंघ सुनसरीका अध्यक्ष रामकुमार राई सहित १५ जनालाई पक्राउ गरिएको छ ।
लोकसेवा आयोगले निकालेको विज्ञापनको विषयमा असहमति जनाउँदै इटहरीमा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र लोक सेवा आयोगका प्रमुख उमेश मैनालीको पुतला जलाइएको छ ।

No comments:
Post a Comment