सुनसरीमा आदिवासी महासंघको राँके जुलुस - pharaksandesh.com

मुख्य समाचार


Sunday, 14 July 2019

सुनसरीमा आदिवासी महासंघको राँके जुलुस

धरान, २९ असार :  लोकसेवा आयोगले विभिन्न जाति, लिङ्ग, क्षेत्र र समुदायको लागी सुरक्षित गरेको ४५ प्रतिशत कोटा पालना नगरेको भन्दै आदिवासी जनजाति महासंघ सुनसरी आन्दोलित भएको छ ।

महासंघले आज सुनसरीका इटहरी, धरान, इनरुवा, रामधुनी र बराहक्षेत्रमा राँके जुलुस प्रदर्शन गरेको जिल्ला अध्यक्ष राम माण्डुपा राईले बताउनुभयो । 

सबै स्थानीय तहमा साढे पाँच बजे जुलुस निकालेको राईले बताउनुभयो । ४५ प्रतिशत आरक्षणको कोटाको माग पुरा नभएर सोमबार सिठी जुलुस हुँदै साउन २ गते नेपाल बन्दका पूर्व घोषित कार्यक्रम हुने राईले बताउनुभयो ।

महासंघको केन्द्रीय समितिको निर्णय अनुसार आन्दोलनका कार्यक्रमहरू जिल्लाले पनि जारी गर्ने राईले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रा संवैधानिक अधिकारहरू खोसिए आन्दोलन र सडक सङ्घर्ष जारी हुनेछ ।’

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.