बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति रौनियार ८ लाख घुससहित पक्राउ - pharaksandesh.com

मुख्य समाचार


Thursday, 11 July 2019

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति रौनियार ८ लाख घुससहित पक्राउ

काठमाडौँ, २६ असार : विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति प्रा डा राजकुमार रौनियार र प्रतिष्ठानका डा रामहरि रौनियार रु आठ लाख घूस लिएको आरोपमा पक्राउ परेका छन् । 

प्रतिष्ठानको भवन निर्माणको ठेक्कामा कमिशनवापत सेवाग्राहीसँग घूस मागेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले आज निजहरुलाई घूस रकम लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

 उनीहरुलाई प्रतिष्ठानको परिसरस्थित उपकुलपति निवासबाट रङ्गेहात नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.