सावधानीपूर्वक यात्रा गर्न आग्रह - pharaksandesh.com

मुख्य समाचार


Thursday, 11 July 2019

सावधानीपूर्वक यात्रा गर्न आग्रह

रसुवा, २६ असार :  वर्षाका कारण पासाङ ल्हामु राजमार्गमा ढुङ्गा खस्ने भएकाले सावधानीपूर्वक यात्रा गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले सबै यात्रुलाई आग्रह गरेको छ । 

पासाङ ल्हामु राजमार्गको राम्चे, मूलखर्क, खोपाङको भिर, मैलुङ, स्याफ्रुबेँसीका साथै रसुवागढीसम्मको सडकमा जोखिम रहेकाले सावधानीपूर्वक यात्रा गर्न आग्रह गरिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रामशरण कुमालले सडक ठाउँ–ठाउँमा भत्किएका कारण सवारीसाधन दुर्घटनामा पर्ने खतरा रहेको बताउनुभयो ।(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.