खोलाले बगाएर दुईको मृत्यु - pharaksandesh.com

मुख्य समाचार


Friday, 12 July 2019

खोलाले बगाएर दुईको मृत्यु

दमक, २७ असार : खोलाले बगाएर झापामा आज एक बालिकासहित दुई जनाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनका अनुसार इलाम चुलाचुली गाउँपालिका–१ का ५१ वर्षीय अञ्चल लावती र सङ्खुवासभा घर भई हाल दमक–१० मावली आएकी छ वर्षीया बालिका एलिजा न्यौपाने रहेका छन् ।

आज बिहान घर नजिकैको कमल खोलाले बगाएर बेपत्ता भएका ५१ वर्षीय लावतीको शव झापाको कमल गाउँपालिका–२ स्थित भालु गाउँस्थित कमल खोलामा अपराह्न ४ बजे मृत अवस्थामा शव भेटिएको प्रनि एक्तेनले बताउनुभयो । 

यसैगरी मामा घर आएकी पुनम न्यौपानेकी छोरी एलिजा स्थानीय खोलाले बगाएर आज अपराह्न मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । (रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.