इलाममा गुडिरहेको मारुतीमा आगलागी - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 17 July 2019

इलाममा गुडिरहेको मारुतीमा आगलागी

इलाम, १ साउन : इलामको सूर्याेदय नगरपालिकामा गुडिरहेको मारुती भ्यानमा एक्कासी आगलागी भएको छ । 
मंगलबार साँझ साढे ७ बजे फिक्कलबाट पशुपतिनगरतर्फ जाँदै गरेको हिमाल घिसिङको मे १ ज ६७९ नम्बरको मारूती भ्यानमा एक्कासि आगो लागेको हो ।

आगलागीले सो सवारी क्षति भएको प्रहरीले जनाएको छ । सूर्याेदय नगरपालिकाको दमकल, प्रहरी र स्थानीयले २० मिनेटमा आगो नियन्त्रणमा लिएका थिए । घिसिङका अनुसार सो मारुतीमा मङ्गलबार नै वाइरिङ गरिएको थियो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.