बाढी प्रभावित क्षेत्रको निरीक्षण - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 17 July 2019

बाढी प्रभावित क्षेत्रको निरीक्षण

लहान, १ साउन : दुई पूर्वप्रधानमन्त्रीसहित सङ्घीय सरकारका मन्त्रीले आज बाढीबाट प्रभावित सिरहाका विभिन्न स्थानको हेलिकप्टरबाट निरीक्षण गर्नुभएको छ । 

हालैको अविरल वर्षासँगै कमला र बलान नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिबारे पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, झलनाथ खनाल, उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, भौतिक योजना तथा यातायातमन्त्री रघुबीर महासेठसहितको टोलीले हेलिकप्टरबाटै निरीक्षण गर्नुभएको हो । 

नेपाली सेनाको हेलिकप्टरबाट आइपुगेको टोलीले कमला र बलान नदीको बाढीबाट प्रभावित सिरहा सदरमुकामसहित सिरहा नगरपालिका, कल्याणपुर नगरपालिका, लहान नगरापालिका, कर्जन्हा नगरपालिका र मिर्चैया नगरपालिकाका विभिन्न वडाको निरीक्षण गर्नुभयो । सिरहाको निरीक्षण पश्चात टोली धनुषातर्फ प्रस्थान गरेको छ । 

सिरहामा हालसम्म दुई बालिकासहित चारको मृत्यु भएको छ भने एक जना डुबेर बेपत्ता भएका छन् । कमला र बलान नदीको बाढी गाउँ पस्दा सिरहाका विभिन्न स्थानमा ३५४ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् भने दुई हजार ५३८ घरमा आंशिक क्षति पुगेको प्रजिअ गोपालप्रसाद अधिकारीले जानकारी दिनुभयो ।(रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.