बाँदरमुढे घटना पीडितलाई पच्चीस लाख सहयोग - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 16 July 2019

बाँदरमुढे घटना पीडितलाई पच्चीस लाख सहयोग

रत्ननगर, ३१ असार : बाँदरमुढे घटनाका पीडितलाई माडी नगरपालिकाले रु २५ लाख सहयोग गरेको छ । नगरपालिकाले पीडितको आयआर्जनमा वृद्धि गर्न सहयोग पुगोस् भनेर रु एक÷एक लाखका दरले पहिलो चरणमा २५ जनालाई चेक हस्तान्तरण गरेको हो । 

बाँकी पीडितलाई दोस्रो चरणमा सहयोग गर्ने नगरप्रमुख ठाकुरप्रसाद ढकालले जानकारी दिनुभयो । निर्वाचनका बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बाँदरमुढे घट्नाका पीडितले गरेको तीन बँुदे सम्झौता कार्यान्वयनको पहिलो प्रक्रिया शुरु भएको ढकालले बताउनुभयो । 

ढकालको संयोजकत्वमा सम्झौता कार्यान्वयन गर्न बनेको समितिले पीडितको आर्थिक, सामाजिक, पारिवारिकलगायत अवस्थाबारे स्थलगत प्रतिवेदन तयार गरी पार्टी अध्यक्ष दाहाल समक्ष पेश गरी केन्द्रबाट गर्नुपर्ने कामको बारेमा सिफारिस गरेको थियोे । 

सोहीअनुसार बाँदरमुढे घटनास्थलमा रु दश करोडको लागतमा उद्यानसहित मन्दिर तथा सङ्ग्रहालय बनाउने विस्तृत परियोजना प्रतिवेदन तयार गरिएको छ । आगामी आवदेखि सो उद्यानको निर्माण शुरु गरिने बताइएको छ ।(रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.