सिन्धुली, २३ असार : माटोको ढिस्कोले पुरिँदा एक जनाको घटनास्थलमा नै मृत्यु गएको छ भने अरू तीन जना घाइते भएका छन् । माटोको ढिस्कोले पुरिएर सुनकोशी गाउँपालिका–६ आमपानी बस्ने अन्दाजी २५ वर्षीया शर्मिला रम्तेलको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो ।
घटनामा सुनकोशी गाउँपालिका–६ आमपानी नै बस्ने अन्दाजी ३६ वर्षीया बिमला रम्तेल, १८ वर्षीय बलराम रम्तेल र ५० वर्षीया सुकुमाया रम्तेल घाइते भएका छन् । घाइतेमध्ये विमलाको अवस्था मध्यम रहेको र स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । जिल्लाको सुनकोशी गाउँपालिका–६ आमपानीमा घर पोत्ने रातो माटो लिन चारै जना गएका थिए ।(रासस)

No comments:
Post a Comment