इरानमा ५.७ म्याग्नीच्यूडको भूकम्प - pharaksandesh.com

मुख्य समाचार


Monday, 8 July 2019

इरानमा ५.७ म्याग्नीच्यूडको भूकम्प

तेहरान, २३ असार : इरानको दक्षिणपूर्वी क्षेत्रमा सोमबार विनाशकारी भूकम्प गएको छ । भूकम्पमा परी कम्तीमा एक जनाको मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको अधिकारीहरुले जनाएका छन् । 

इरानी भूकम्प मापन केन्द्रले ५.७ म्याग्नीच्यूडको भूकम्प गएको जनाएको छ । खुजेस्तान प्रान्तको मस्जिद सोलेमान क्षेत्रमा भूकम्प गएको हो । 

स्थानीय सञ्चार माध्यमहरुका अनुसार भूकम्पका कारण अरु २४ जना घाइते भएका छन् । स्थानीय समय अनुसार विहान ११.३० बजे भूकम्प गएको अधिकारीहरुले जनाएका छन् ।

संकट व्यवस्थापन केन्द्रले प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेको जनाएको छ । भूकम्पले ग्रामीण क्षेत्रका धेरै घरहरुमा क्षति पुगेको प्रारम्भिक विवरण आएको छ । 

कतिपय क्षेत्रमा पानी र विजुली वितरण सेवा अवरुद्ध भएको छ । छिमेकी मुलुक कुबेतमा समेत भूकम्पको धक्का महशुस गरिएको छ । 

भूकम्पपछि दर्जनभन्दा बढी परकम्पन आएको अधिकारीहरले जानकारी दिएका छन् ।(रासस/सिन्ह्वा) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.