युएईले यमन युद्धमा सैनिक कटौती गर्ने घोषणा - pharaksandesh.com

मुख्य समाचार


Monday, 8 July 2019

युएईले यमन युद्धमा सैनिक कटौती गर्ने घोषणा

दुबई, २३ असार : युनाइटेड अरब इमिरेट्स (युएई)ले युद्धग्रस्त मुलुक यमनमा संलग्न सेनाको संख्यामा कटौती गर्ने सोमबार घोषणा गरेको छ । युएईले सैनिक हस्तक्षेपको सट्टा शान्ति योजनालाई अघि सार्न चाहेको जनाएको छ ।

युएईका एक जना वरिष्ट अधिकारीले संवाददाताहरुसँग भन्नुभयो, हामी यमनको होडेडा समेतका रणनीतिक स्थान छाडेर सैन्य संख्या कम गर्दैछौं । हाम्रो चाहना शान्ति हो, युद्ध होइन ।

यमनका हुथी विद्रोही विरुद्ध साउदी अरेबियाको गठबन्धनमा रहेर युएईले पनि यमनमा हवाई आक्रमण गरिरहेको छ । यसबाट यमनमा ठूलो मानवीय संकट उत्पन्न भएको अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाहरु, राष्ट्रसंघ र संचार माध्यमहरुले जनाएका छन् ।(रासस/एएफपी)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.