कालाजारको नयाँ रोगी फेला - pharaksandesh.com

मुख्य समाचार


Thursday, 18 July 2019

कालाजारको नयाँ रोगी फेला

भद्रपुर, २ साउन : झापाको मेचीनगर–१५ मा कालाजारको नयाँ रोगी फेला परेका छन् । 

वैभव टि–स्टेट नजिकै बसोवास गर्ने ४० वर्षीय कमलेश मर्डीमा कालाजार भेटिएको मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख शशीकला राईले बताउनुभयो । मर्डीको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार भइरहेको छ ।

आज जनप्रतिनिधि, स्वास्थ्यकर्मी र नगरपालिकाका कर्मचारीसहितको टोली त्यसक्षेत्रमा पुगेको थियो । संयोजक राईका अनुसार कालाजार रोग नियन्त्रणका लागि नगरपालिकाले कीटनाशक विषादी छर्किने कार्यक्रम शुरु गरेको छ । नगरका कालाजार प्रभावित क्षेत्रमा औषधि छर्किने अभियान शुरु गरिएको नगरपालिकाले जनाएको छ । संयोजक राईका अनुसार यो एउटा सरुवा रोग हो जसलाई ‘लिसमेनियासिस’ पनि भन्ने गरिन्छ । यो रोग सङ्क्रमित पोथी जातको एक प्रकारको भुसुनाको टोकाइबाट सर्ने गर्दछ । 

यसअघि नै गत असारमा भद्रपुर नगरपालिका–१० मा तीन र कचनकवल गाउँपालिका–५ मा एक कालाजारका रोगी फेला परेको स्वास्थ्य कार्यालय झापाका अधिकृत वेदप्रकाश घिमिरले बताउनुभयो । उहाँले सङ्क्रमित व्यक्ति भेटिएको स्थानमा थप रोगलाई फैलिन नदिनका लागि सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर भुसुना मार्ने औषधि छर्कने काम भइरहेको बताउनुभयो ।(रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.