घुस लिएको आरोपमा इञ्जिनीयर पक्राउ - pharaksandesh.com

मुख्य समाचार


Thursday, 18 July 2019

घुस लिएको आरोपमा इञ्जिनीयर पक्राउ

सर्लाही, २ साउन : घुस रकमसहित एक इञ्जिनीयर पक्राउ परेका छन् । रामनगर गाउँपालिकामा कार्यरत इञ्जिनीयर रामजीबाबु यादव आज मलङ्वाको अशोका होटलबाट रु ५० हजार घुससहित पक्राउ परेका हुन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यादवलाई पक्राउ गरेको हो । उपभोक्ता समितिका पदाधिकारीसँग रकम लिँदै गरेको अवस्थामा यादवलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।(रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.