नेविसंघले काठमाडाैंमा निकाल्यो राँके जुलुस, १४ जना पक्राउ - pharaksandesh.com

मुख्य समाचार


Thursday, 11 July 2019

नेविसंघले काठमाडाैंमा निकाल्यो राँके जुलुस, १४ जना पक्राउ

काठमाडौँ, २६ असार : भारतबाट आयात गरिने तरकारीको विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछि हटेको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएको नेविसंघले काठमाडौंमा राँके जुलुस निकालेको छ ।

नेविसंघले बिहीबार साँझ बालाजु-बाइपाहुँदै बालाजु चोकसम्म जुलुस निकालेको थियो । जुलुसपछि बालाजु चोकमा कोणसभा गर्ने क्रममा महानगरीय प्रहरी बृत्त बालाजुले १४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पूर्वकेन्द्रीय सदस्य सुशील भट्टसहित निरन्जन थापा, पवन थापा, सुबास घिमिरे, सुदीप अधिकारी, बिजय ढुङ्गना, मनोज राना, सौरब घिमिरे, सन्देश पन्त, सुशील ढकाल, प्रदीप जङ साह, अमृत लामिछाने, उत्सब अवस्थी र अनिल महर्जन रहेका छन् ।



No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.