काठमाडौँ, २५ असार : भारतलाई पराजित गर्दै न्युजिल्यान्ड विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा भारतलाई १८ रनले हराउँदै न्यूजिल्याण्डले फाइनलको यात्रा तय गरेको हो ।
२४० रनको लक्ष्य पछ्याएको भारत रनमा २२१ रनमा अलआउट भयो ।
भारतका लागि रवीन्द्र जडेजाले ७७, महेन्द्र सिंह धोनीले ५० र हार्दिक पाण्ड्या र रिषभ पन्तले समान ३२ रन जोडे पनि टिमलाई जिताउन सकेनन् ।

No comments:
Post a Comment