धरान, ५ साउन : डाक्टरको लापरवाहीले बिरामीको ज्यान गएको भन्दै विराटनगरको नोबेल अस्पताल मृतकका आफन्तले घेराउ गरेका छन् । घुँडाकोे शल्यक्रिया गरेपछि सुनसरीको दुहवी नगरपालिका – ६ का ४७ वर्षिय सुनिल कुमार साहको आइतबार विहान मृत्यु भएको थियो ।
चिकित्सकले उपचारको क्रमममा लापारबाहि गरेको भन्दै मृतकका आफन्तहरू अहिले आन्दोलनमा उत्रिएका छन् । लापारबाही गर्ने चिकित्सकलाई कारवाहीको माग राख्दै उनीहरूले अस्पताल अगाडी नाराबाजी गर्दै बसेका छन् ।
करिब तीन सयको संख्यामा पीडितका आफन्त र स्थानिय आन्दोलित छन् । घरबाट मोटरसाइकल निकाल्ने क्रममा गत बिहीबार साहको घुँडामा चोट लागेको थियो । सोही दिन घुँडामा लागेको चोटको नोबेलमा उपचारपछि घर फर्किएका थिए । साह शुक्रबार फलोअपमा नोबेल अस्पताल आएका थिए । हाडजोर्नी तथा नशा रोग विशेषयज्ञ डा. धिरज सिंहले शल्यक्रिया गरिनुपर्ने बताएपछि उहाँको टिमले साहको शल्यक्रिया गरेको थियो ।
यता नोबेल मेडिकल कलेजका प्रशासकीय अधिकृत नारायण दाहालले उपचारको क्रममा विरामीको मृत्यु भएको भन्दै अस्पतालले कुनै पनि लापारबाही नगरेको दाबी गर्नुभयो । शल्यक्रिया गरेपछि वार्डमा सार्ने क्रममा चिकित्सकले दिएको जानकारी अनुसार ‘हटएट्याक’ भएर यस्तो भएको उहाँले बताउनुभयो ।
अहिले नोबेल अस्पताल सञ्चालक र बिरामीका आफन्तबीच घटनाको विषयमा वार्ता भइरहेको छ ।

No comments:
Post a Comment