गुणस्तरीय निर्माणमा जोड दिनुपर्छ : मुख्यमन्त्री राई - pharaksandesh.com

मुख्य समाचार


Saturday, 20 July 2019

गुणस्तरीय निर्माणमा जोड दिनुपर्छ : मुख्यमन्त्री राई

विराटनगर, ४ साउन : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले इञ्जिनीयरहरुले प्रदेशको पूर्वाधार निर्माणमा गुणस्तरीय कार्य गर्नुपर्ने बताउनुभएको छ । नेपाल इञ्जिनीयर्स एशोसिएशन प्रदेश नं १ द्वारा शुक्रबार साँझ यहाँ आयोजित ५७आँै इञ्जिनीयर्स दिवसको अवसरमा उहाँले प्रदेशले पूर्वाधार विकासमा ठूलो बजेट रकम छुट्याएकाले नमूना प्रदेश बनाउन सरकारसँग हातेमालो गर्न आग्रह गर्नुभयो । 

मुख्यमन्त्री राईले प्रदेश सरकारले चाँडै नै विज्ञ सम्मेलनको आयोजना गरी ठोस योजना बनाए पश्चात लगानी सम्मेलनको आयोजना गर्ने बताउनुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले महानगरमा छात्रावास सहितको एउटा प्राविधिक विद्यालय सञ्चालन गर्ने जानकारी दिँदै गुणस्तरीय कार्यबाट सुशासन कायम हुने विचार व्यक्त गर्नुभयो । 

प्रदेश सदस्य जयराम यादवले इञ्जिनीयरले दैवीप्रकोपलाई ध्यानमा राखी विकास निर्माणका कार्य गर्नुपर्नेमा जोड दिनुभयो । एशोसिएशनका प्रदेश अध्यक्ष यशवन्त विक्रम शाह, पूर्वाञ्चल इञ्जिनीयर क्याम्पस धरानका प्रमुख ओमप्रकाश ढकाल, पूर्वकेन्द्रीय अध्यक्ष ध्रुव थापा, मनोज घिमिरेले इञ्जिनीयर पूर्वाधार विकासका मेरुदण्ड भएको विचार व्यक्त गर्नुभयो । 

नेपालमा ५२ हजार इञ्जिनीयर दर्ता रहेकोमा हाल स्वदेशमा ३६ हजार कार्यरत रहेका छन् ।(रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.