नेकपाको एकता प्रक्रियाले पायो पूर्णता - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 17 July 2019

नेकपाको एकता प्रक्रियाले पायो पूर्णता

काठमाडौँ,  १ साउन :  प्रमुख सत्ता रुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता प्रक्रियाको गृहकार्य सम्पन्न भएको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार पार्टी सङ्गठनसँग सम्बन्धित सबै प्रक्रिया टुङ्ग्याउनुभएकोे महासचिव विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा अध्यक्षद्वय, महासचिव पौडेल र पार्टी नेता रामबहादुर थापा सहभागी हुनुहुन्थ्यो । 

पार्टीका केन्द्रीय आयोग, विभाग, केन्द्रीय सल्लाहकार परिषद्, विशेष प्रदेश, अन्तर्राष्ट्रिय प्रवास कमिटी गठन, कार्यविभाजनलगायत एकताका बाँकी रहेका सम्पूर्ण कामलाई अन्तिम रुप दिइएको छ । मंगलबार टुङ्गिएको गृहकार्य साउन ५ गते बस्ने पार्टीको सचिवालय बैठकमा पेश हुने र त्यसपछि कार्यान्वयन जाने महासचिव पौडेलले बताउनुभयो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.