काठमाडौँ, १ साउन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' अस्वस्थ हुनुभएको छ । प्रचण्डलाई घाँटीको संक्रमण भएको उहाँको सचिवालयले जनाएको छ।
उहाँलाई चिकित्सकले केही दिन नबोल्न (भ्वाइस रेष्ट गर्न) र घरमै आराम गर्न सुझाव दिएका छन् । धुलो र धुवाँका कारण प्रचण्डलाई ‘इन्फेक्सन’ भएको चिकित्सकले बताएको छ ।
चिकित्सकको सुझाव बेवास्ता गर्दै मंगलबारसम्म उहाँले राजनीतिक दौडधुप गर्नुभएको थियो । मंगलबार मात्र प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग केन्द्रीय सदस्य, विभाग र जिल्लाका इन्चार्ज, सह–इन्चार्जलगायतको जिम्मेवारी तोक्नेबारे प्रचण्डले वार्ता गर्नुभएको थियो ।
बुधबार भने परिवार र सचिवालयका कर्मचारीले प्रचण्डलाई राजनीतिक गतिविधिमा सहभागी नहुन दबाब दिएपछि उहाँ घरमै आराम गरिरहनुभएको छ । प्रचण्डले आज (बुधबार) कसैसंग भेटघाट नगरेको उहाँको सचिवालयले जनाएको छ ।

No comments:
Post a Comment