परिसूचकमा दोहोरो अङ्कले वृद्धि - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 17 July 2019

परिसूचकमा दोहोरो अङ्कले वृद्धि

काठमाडौँ, १ साउन: आर्थिक वर्ष प्रारम्भ भएको पहिलो दिन आज धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक लगानीकर्तालाई उत्साहित बनाउँदै दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कारोवारमापक नेप्से परिसूचक १५.८५ अङ्कले बढेर एक हजार २४७.८६ मा पुगेको छ । 

यस्तै ठूला कम्पनीका कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २.८६ विन्दुले बढेर २७४.११ मा पुगेको छ । नेप्से परिसूचक दोहोरो अङ्कले बढेपनि कारोवार रकम भने औसतमै सीमित रहेको छ । कूल १६७ कम्पनीका १३ लाख ७५ हजार १९० कित्ता शेयर रु ४२ करोड ६७ लाख ४३ हजार ४५८ मूल्यमा कारोवार भए । कारोवार भएका ११ मध्ये दुई उपसमूहको शेयर ओरालो लागेको छ भने नौ उपसमूहको शेयर वृद्धि भएको छ । 

होटल २७.२ र वित्त १.२६ अङ्कले घट्दा बैंकिङ १६.६९, विकास बैंक २७.३५, जलविद्युत् १८.७३, निर्जीवन बीमा ५५.०२, उत्पादन ३५.२८, अन्य २.९२, लघुवित्त २५.९८, जीवन बीमा ४९.६९ र सामूहिक लगानी कोष ०.०३ अङ्कले बढेको छ । 

स्टकका अनुसार कारोवारका आधारमा नेपाल बैंक लिमिटेड शीर्ष स्थानमा रह्यो । सो बैंकको रु चार करोड ७५ लाख २२ हजार २४९, नेपाल लाइफ इन्स्योरेन्स रु दुई करोड ९५ लाख ६४ हजार ४२७, शिवम् सिमेन्ट रु दुई करोड ४० लाख १० हजार ३५८, माथिल्लो तामाकोशी रु दुई करोड १३ लाख ९५ हजार ५१४, नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक शेयर रु एक करोड ५४ लाख ६० हजार ९५१ र नविल बैंकको रु एक करोड ४१ लाख १४ हजार ४९६ मूल्यमा कारोबार भई शीर्ष स्थानमा रहे । 

त्यस्तै उन्नती माइक्रोफाइन्नान्स वित्तीय संस्थाका शेयरधनीले ७ प्रतिशतले कमाउँदा समिट लघुवित्त वित्तीय संस्था ६.८६, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था ६.७६, स्वदेशी लघुवित्त वित्तीय संस्था ६.५७ र स्वरोजगार लघुवित्त विकास बैंकका शेयरधनीले ५.४४ प्रतिशतले कमाए । यस्तै सिभिल लघुवित्त वित्तीय संस्था ९, दिव्यश्वरी हाइड्रोपावर ८.९७, युनाइटेड फाइनान्स ५.२०, अरुण कावेली पावर ४.२५, रिलायन्स फाइनान्स ३.९६ र सिद्धार्थ इक्विटी फण्डका लगानीकर्ताले ३.३६ प्रतिशतले गुमाए । (रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.