![]() |
| पुजा यादव |
यो महिनालाई शिवजीको महिना भनेर पूजा आजा गरिन्छ । हिन्दू धर्ममा हरेक दिन केही न केही चार्ड पर्व तिथिहरु रहेका हुन्छन् । हामीले साउन महिनाको १ गते साउन महिनाको पहिलो दिन साउने संक्रान्तिको रुपमा मनायौँ ।
सानो–सानो नानीदेखि हजुरआमाको उमेरसम्मका सबैले एकै खालको लुगा लगाएको देखिन्छ । भनाई के पनि रहेको छ भने विवाहित महिलाले साउन महिनामा हरियो चुरा हातमा मेहन्दी लगाए लोग्नेको आयु बढ्छ रे । अनि अविवाहिता महिलाले लगाए मनले चिताएको पाइने लोभले यो फेसन बढ्दै गएको पाइन्छ । एकातिर धर्म संस्कृति होला भने अर्को तिर यो फेसन जस्तै पनि बन्दै गएको छ ।
साउन महिना फेरि हुन्दू नारीहरुका लागि त्यतिकै महत्वको रहेको छ । शिवजीको आराधनाका रुपमा लिइन्छ यो महिनालाई हिन्दू संस्कृतिमा श्रावण महिनाको पहिलो दिनलाई साउने संक्रान्तिपर्वको रुपमा लिइन्छ । हिन्दू धर्मावलम्बीहरूले मनाउने चाडहरूमध्ये साउने संक्रान्ति पनि एउटा महत्वपूर्ण चाडपर्वको रुपमा हामीले मनायौं । ज्योतिष शास्त्रानुसार सौर्य तिथिको हिसाबले साउने संक्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गरी दक्षिणायण हुने हुनाले यसलाई ‘कर्कट संक्रान्ति’ पनि भनिएको हो भन्नु हुन्छ ज्यो पं।भरतमणी मरासीनी ।
उहाँका अनुसार सामान्यतया सूर्यले सबै राशिलाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले महत्व पूर्ण मानिन्छ ।
साउने संक्रान्तिका दिन देखि सूर्य उत्तरी गोलार्दबाट दक्षिणिगोलार्द तर्फ प्रवेश गर्ने भएकोले दिन छोटो र रातलामो हुँदै जाने विश्वास गरिन्छ । साउन महिनाले नेपालीखास गरी हिन्दू धर्मसँग सम्बन्धित परम्पराका चाडहरुलाई भित्रयाउने भनाइ छ । नेपालभर स्नान, दान, होम, श्राद्धजस्ता विशेषकार्यको सुरुवात यहि दिन देखि गरिन्छ । हिन्दू धर्मअनुसार सूर्य दक्षिणायन हुँदा देवताका रात र पितृको दिनहुने भएकोले हिन्दूधर्मावलम्बीले साउन महिनादेखि पितृकार्यको थालनीगर्ने प्रचलन छ । साउने संक्रान्तिको दिन असारे वर्षात, हिलोबाट लाग्न सक्ने रोगबाट जोगिन लुतो फाल्ने प्रचलन छ । फलफूल, नैवेद्य चढाएर कण्डारक नामक राक्षसको पूजागर्नाले दाद, लुतो, खटिराजस्ता छालाजन्य रोगबाट बच्न सकिने विश्वासका रहिआएको छ ।
विवाहीत महिलाहरु साउने संक्रान्ति देखि साउन महिना भर सौभाग्यको प्रतीक र बस्त्र पहिरिने र साउन महिनाभर प्रत्येक सोमबार ब्रत बसी शिवको पूजा आराधना गर्दछन् । धार्मिक दृष्टिले साउन महिना पवित्र महिना मानिन्छ । त्यसमा पनि साउनको सोमबारको छुट्टै महत्व रहि आएको छ । परम्परागत संस्कृतिलोप हुँदै गएको बताइए पनि नेपाली महिलाहरुले भने साउन महिनाको सोमबारलाई विषेश रुपमा मनाउँदै आएका छन् । कसैले परम्परा जोगाउनको लागि त कसैले फेसनकै रुपमा हरिया चुरा र मेहेन्दी लगाएर साउने सोमबार मनाउने गरेका छन् ।
हिन्दु महिलाहरुले साउन महिनालाई विशेष महत्वका रुपमा लिने गरेका छन् । साउन महिनामा पार्वतीले शिवलाई पाउनका लागि ब्रत बसेको र ब्रतकै कारण पार्वतीले शिवजी पाएको धार्मिक विश्वासमा नेपाली महिलाहरुले श्रीमानको भलाइको कामना गर्दै ब्रत बस्दै आएका छन् । हरेक वर्षको साउनको सोमबार नेपाली हिन्दू महिलाहरु ब्रत बस्ने गर्दछन् । साउन महिनाभर माछा मासु नखाई, हरियो चुरा र मेहेन्दीलगाई ब्रत बस्दा अविवाहित महिलाहरुले राम्रो वर र विवाहितहरुले आफ्नो पतिको आयु लामो हुने तथा परिवारमा सुख शान्ति र अटल सौभाग्य प्राप्तहुने जनविश्वास रहेको छ ।
साउन महिनामा चारैतिर हरियालीसँगै ब्रतालु महिलाहरु हरिया चुरामा सजिन्छन् । यसैले पनि यति बेला शहर बजारमा मेहेन्दी र हरिया चुरा लगाउनेहरुको संख्याबाक्लो छ । र पसलेलाई पनि चुरा बेच्न तथा मेहेन्दी लगाइदिन भ्याईनभ्याई छ ।
हिजोआज हरियो चुरा, हरियै रंगका कपडा तथा मेहन्दीहरुको व्यापार बढेको छ ।




No comments:
Post a Comment