प्रहरीद्वारा गाँजा नष्ट - pharaksandesh.com

मुख्य समाचार


Monday, 22 July 2019

प्रहरीद्वारा गाँजा नष्ट

डोटी, ६ साउन : प्रहरीले दिपायल सिलगढी नगरपालीका–७ को वनखेतमा २५ रोपनी क्षेत्रफलमा रहेको गाँजा नष्ट गरेको छ । प्रहरी निरीक्षक सुरेन्द्रबहादर बमले नेतृत्व गरेको उक्त गाँजा नष्ट गरेको हो । 

सिलगढी क्षेत्रमा गाँजा खानेको सङ्ख्या बढ्दै गएपछि प्रहरीले गाँजा नष्ट गर्न अभियान चलाएको हो । प्रहरी नायब उपरीक्षक लालबहादुर धामी प्रहरीले चलाएको अभियानमा स्थानीयवासीले सहयोग गरिरहेको बताउनुहुन्छ । यसअघि प्रहरीले लडगडा तथा जोरायल क्षेत्रमा १५ रोपनी क्षेत्रफलको गाँजा नष्ट गरेको थियो । 

दुर्घटनामा १० जना घाइते
पूर्वीचौक गाउँपालिका–५ कुडीगाडा र केआइसिंह गाउँपालिका सलेनामा आज छुट्टाछुट्टै जीप दुर्घटनामा चालकसहित १० जना घाइते भएका छन् । धनगढीबाट अछामतर्फ जाँदै गरेको बा १९ च ५३७ नं को जीप दुर्घटना हुँदा चालक अछामको मङ्गलसेन नगरपालिका–५ का थलेन्द्र उपाध्याय, जीपमा सवार कमलबजार नगरपालिका–९ का दीपकप्रसाद उपाध्याय, जयगड गाउँपालिका–६ का रितेश ठकुल्ला, सोही ठाउँका हरक ठकुल्ला, रोनिश ठकुल्ला, दीपा ठकुल्ला र रामारोशन गाउँपालिका–१ का रेजिना खनाल घाइते भएका छन् । 

उनीहरुलाई उपचारका लागि अछामको बलयपाटा अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसैगरी केआइसिंह गाउँपालिका–७ भूमिराजमाडौँको सलेनामा बोलेरो जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । सलेनाबाट दिपायलतर्फ आउँदै गरेको से १ ज ६१५ नं को जीप दुर्घटना भएको हो । दुर्घटनामा परी केआइसिंह–६ का सरस्वती भुल, सोही ठाउँकी तुलसी भुल र धना बिठारी घाइते भएका छन् । इलाका प्रहरी कार्यालय दिपायलका अनुसार घाइतेको दिपायल राजपुरस्थित सुजङ अस्पतालमा उपचार भइरहेको छ ।(रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.