पानी सङ्कलनबारे राष्ट्रिय सम्मेलन हुने - pharaksandesh.com

मुख्य समाचार


Saturday, 20 July 2019

पानी सङ्कलनबारे राष्ट्रिय सम्मेलन हुने

काठमाडौँ, ४ साउन  : यही साउन ११ र १२ गते काठमाडौँमा वर्षाको पानीलाई सङ्कलन र व्यवस्थापनसम्बन्धी राष्ट्रिय सम्मेलन हुने भएको छ । वर्षाको पानीलाई सङ्कलन र व्यवस्थापन गरी घरायसी आवश्यकता पूरा गर्ने, पानीका कारण उत्पन्न हुने पहिरो र बाढीजस्ता प्राकृतिक प्रकोपलाई पनि न्यूनीकरण गर्न सरोकारवाला निकायलाई जागरुक बनाउने उद्देश्यले राष्ट्रिय सम्मेलन गर्न लागिएको हो । 

खानेपानी तथा ढल व्यवस्थापन विभाग र स्मार्ट बास सोलुसनको संयुक्त आयोजना, खानेपानीको क्षेत्रमा कार्यरत विभिन्न सरकारी एवं गैरसरकारी सङ्घसंस्थाको सहयोगमा सम्मेलन हुन लागेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । सम्मेलनमा भारत, बङ्गलादेश, श्रीलङ्का, दक्षिण कोरियाबाट समेत खानेपानीमा काम गर्ने विज्ञ आउने भएका छन् । 

सम्मेलनमा सरकारी नीति, खानेपानी व्यवस्थापन उद्यमशीलता, नवप्रवर्तन र प्रविधि, वर्षात्को पानी सङ्कलनबाट जलाधार तथा परिस्थितीय चक्र (इकोसिस्टम), आकाशे पानी सङ्कलन प्रवद्र्धनमा स्थानीय निकायको भूमिका र वित्तीय सहयोग, पानीको अभाव, जलवायु परिवर्तन र अनुकूलनजस्ता २५ वटा कार्यपत्र प्रस्तुत हुने आयोजकका सदस्य रामदीप शाहले जानकारी गराउनुभयो ।(रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.