बुद्धका मूर्ति तोडिएकामा भिक्षु महासङ्घको विरोध - pharaksandesh.com

मुख्य समाचार


Saturday, 20 July 2019

बुद्धका मूर्ति तोडिएकामा भिक्षु महासङ्घको विरोध

काठमाडौँ, ४ साउन : अखिल नेपाल भिक्षु महासङ्घले रुपन्देहीको तिलोत्तमा नगरपालिकाभित्र सिद्धार्थ राजमार्गको शङ्करनगर चोकदेखि नयाँ मिलसम्म सुनियोजित तवरमा एकै पटक पाँच वटा बुद्धमूर्ति तोडफोड भएको घटनाले शान्तिकामी जनताको आस्थामा आघात पारेको जनाएको छ । 

महासङ्घले आज एक विज्ञप्ति जारी गर्दै बुद्धको पवित्र जन्मभूमि परिसर क्षेत्रबाट हिंसात्मक गतिविधिसहित अशान्ति मच्चाउने निस्किृष्ट कार्य हुनु क्षोभपूर्ण घटनाले सम्बद्ध क्षेत्रलाई स्तब्ध तुल्याएको जनाएको छ । विज्ञप्तिमा महासङ्घका महासचिव भिक्षु कोण्डन्यले धर्मनिरपेक्ष मुलुक नेपालमा धार्मिक आस्थामाथि नै खलल पु¥याउने बदनियतपूर्ण कार्यले नागरिकको मौलिक हकहित र अधिकारमाथि ठेस पु¥याउने कार्य भएको उल्लेख गर्नुभयो ।

धार्मिक आस्थामा चोट पुग्ने गरी बुद्धमूर्ति तोडफोड, बिगार्ने कार्यले आपसी सौहार्द्रतामा आँच आउने निश्चित भएको उहाँले बताउनुभयो । महासचिव कोण्डन्यले यथाशीघ्र दोषी पत्ता लगाई कारवाहीको दायरामा ल्याउन सरकारसँग माग गर्नुभएको छ ।(रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.