मेरो परिचय - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 17 July 2019

मेरो परिचय

के नाम भनूँ म मेरो तिमीले सोध्दा ?
मेरो परिचय नामले कहाँ समेट्छ र?
मेरो अस्तित्वको फैलावट मानव मस्तिष्क भन्दा अपार छ,
शब्द वा ध्वनि मात्रको क्षमता देखि पर ।

म सरीर हैन, म मन हैन,
म भाव हैन, म विचार हैन
म बुध्दि पनि हैन
म त्यो हुँ, जो मूल हो यी सबको
म त्यो शून्य हुँ, जो यो सृष्टिको शुरुवात हो ।।

तिमी मनुष्य, तिमि सित बुध्दि छ,
विचार छ, भाव छ, मन छ र सरीर छ।
यी सब चलयमान छन्, परिवर्तनशील छन् ।
यी केवल मेरा सृष्टि हुन्, म हैन ।।

सरीर को पर्दा भित्र लुकेको छ मन ।
मन को पर्दा भित्र लुकेको छ भाव ।।
भावना को तह पछि विचारको सीमा।
विचारको पश्चात् बुद्दिको घेरा ।।

यी सबको मायाजाल चिर्छौ जब,
तब शुरुवात हुन्छ मेरो परिचयको यात्रा ।।
तिम्रो बुद्दिमा हल्का झुल्कने छन् मेरो प्रकाश ।
मधुर बिहानीको हल्का मिर्मिरे कीरण सरि ।।

तिम्रो जीवनमा उदाउने छ नयाँ आश ,
वसन्तको आगमनमा प्रकृति बदले सरि ।।
यस्तो आश्रय भेट्ने छ त्यो मनले,
जसमा एक पल स्थिर रहँदा, तिम्रा कयौ दुःख पग्लने छन् ।।

आँधीबेरीले ग्रसित समुद्रको बीचमा फसेको बेला।
एक साहाराको आश भेट्ने छौ तिमीले तब ।
हो, त्यो आश नै मेरो पहिलो संदेश हो तिमीलाई
म सम्म आउनको लागि प्रेरणा हो तिमीलाई ।।

यो अनुभव नै मेरो प्रथम परिचय तिमीलाई,
त्यो क्षण जुन शब्द जन्मन्छ, त्यो नै मेरो नाम तिम्रालाई।।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.