नेपालगञ्जमा पत्रकारहरुमाथि कुटपिट - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 10 July 2019

नेपालगञ्जमा पत्रकारहरुमाथि कुटपिट

बाँके, २५ असार : नेपालगञ्जमा क्रियाशील तीन जना पत्रकारलाई नेपालगञ्जको बाटिका होटलमा दुर्व्यहारसहित हातपात गरिएको छ ।

एभिन्यूज टेलिभिजनका ब्यूरो प्रमुख दुर्गा रोकाय, पत्रकार जागेश्वर चौधरी र भीम पौडेललाई बुधबार दिउँसो होटल परिसरमा कुटपिट गरिएको हो ।

होटलका कर्मचारीले कुटपिट गर्ने क्रममा एभिन्यूज टेलिभिजनको क्यामरा र पत्रकारहरुको मोबाइलसमेत क्षतिग्रस्त भएको छ । केही समय पहिले होटल बाटिकाबाट भारतीय सेनामा भर्ना गराइदिने भन्दै युवासँग रकम लिएको समूह ३५ लाख रुपैयाँसहित पक्राउ परेको थियो ।

त्यही समाचारको भिडियाे लिने क्रममा होटल बाहिर होटलका कर्मचारीहरुले फुटेज डिलिट गर्न भन्दै पत्रकारहरुलाई हातपात र क्यामरा खोसेका थिए । उनीहरुले पत्रकार रोकायलाई कुटपिट गर्दै नियन्त्रणमा समेत राखेका थिए ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले पत्रकारहरुलाई कुटपिट गर्ने होटलका कर्मचारी भुवनबहादुर खड्कासहित दुईजना पक्राउ गरिएको जानकारी दिनुभयो ।

यसैबीच बाँकेका पत्रकारहरुले एसपी वलीलाई भेटेर पत्रकारलाई कुटपिट गर्नेलाई कडा कारबाहीको माग गरेका छन् ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.