काठमाडौँ, २५ असार : नेपाली कांग्रेसका सांसद गगन थापाले संसद सरकारको छायाँको रुपमा सीमित हुँदै गएको आरोप लगाउनुभएको छ ।
प्रतिनिधिसभाको बुधबारको बैठकपछि संघीय संसदभवनमा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै थापाले सरकारको छायाँको रुपमा संसद सीमित भएको र सभामुखले पनि स्वतन्त्र भुमिका निर्वाह गर्न नसकेको आरोप लगाउनुभयो ।
प्रतिपक्षी दललाई पेलेर जाने नियत सरकारले राखेको र त्यसैलाई सभामुखले अनुसरण गरेको टिप्पणी सांसद थापाको थियो ।
उहाँले संसदीय समितिको सामना गर्न सरकार र समिति गठन गर्न सभामुख तयार हुनुपर्ने बताउनुभयो ।
“एकपटक फेरि नेपालको संसद नेपालको सरकारको छायाँको रुपमा सीमिति रहेको छ’ उहाँले भन्नुभयो,‘सभामुखले स्वतन्त्र भूमिका निर्वाह गर्न सक्नुभएको छैन । संसदप्रति सांसदकै भरोसा टुट्छ भने आम व्यक्तिहरुको भरोसा के रहन्छ ? पेलेर जाने रवैया, नियत राख्नुभएको छ । यसले सभामुख दिन प्रतिदिन हाम्रो विश्वास गुमाउदै हुनुहुन्छ भन्ने कुरालाई पुष्टि गरेको छ ।’
उहाँले जब सम्म संसदीय छानविन समिति बन्दैन तबसम्म प्रमुख प्रतिपक्षी दलको तर्फबाट संसद चल्ने कुरामा प्रतिपक्षीको सहयोग नहुने र यसको सामना गर्न सभामुख तयार रहनुपर्ने बताउनुभयो ।
मंगलबारको बैठकमा संसदीय समिति गठन गर्नेमा सकारात्मक रहनुभएका सभामुख सरकारको निर्देशनपछि ‘व्याक’ भएको दाबी सांसद थापाको थियो ।
“संसदीय छानविन समिति बनाउने सवालमा सरकार पक्षका सांसदहरले हामी तयार छैनौ भन्नुभयो । कानुनमन्त्रीले तयार छैन भनेपछि उहाँहरुले जे कुरा भन्नुभो सभामुखले त्यही कुरा मान्नुभयो’ थापाले भन्नुभयो,‘ कम्तिमा हामी एकजना सांसदले कुरा राख्छौ भन्दा कुरा समेत पनि राख्न नदिने । किन कि सरकारवालाको कुरा आज बोल्न पनि नदिने भनिसकेपछि त्यो चाही आदेश पालना गरे जस्तो भयो ।’
हिजोको बैठकमा मन्त्रीले ‘म संसदीय समितिको सामना गर्न तयार छु ’ भनेको र सभामुखले म पोजेटिभ छु । बनाछु ।’ भनेपनि आज प्रमुख प्रतिपक्षी दल उठ्दै गर्दा संसद चलाउन तयार भएको आरोप सांसद थापाको थियो ।
‘आफै पोजेटिभ भएको छानविन समिति बनाउन तयार हुनुहुन्न भनेपछि यो संसद सभामुखले चलाउनुभएको छ वा सरकार चलाउने मान्छे आफैले संसद चलाईरहेको छ ?” थापाले प्रश्न गर्नुभयो ।

No comments:
Post a Comment